आइतबार कारोबारमा आएकामध्ये २४० कम्पनीको सेयर मूल्य बढ्यो, १९ कम्पनीको मूल्य घट्यो । र बाँकी १ कम्पनीको स्थिर रह्यो ।
काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार नेप्से परिसूचक ५७.५५ अंकले बढेको छ । गत बिहीबारको तुलनामा २.१२ प्रतिशतले बढेर आइतबार नेप्से २ हजार ७ सय ७२.१७ अंकमा उक्लेर बन्द भएको छ ।
आइतबार कारोबारमा आएकामध्ये २४० कम्पनीको सेयर मूल्य बढ्यो, १९ कम्पनीको मूल्य घट्यो । र बाँकी १ कम्पनीको स्थिर रह्यो ।
आइतबार कुल १ लाख ३३ हजार ५ सय २९ पटकको सेयर किनबेचमा ३ करोड ९ लाख १५ हजार १ सय ८३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम धेरै बढेको हो । गत बिहीबार ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि नेप्से उच्च अंकले बढेको हो ।
