विमानस्थल उद्धार तथा अग्नि निवारण संघको अध्यक्षमा देउजा

महाधिवेशनले संघको सांगठनिक सुदृढीकरण, कर्मचारी हकहितको संरक्षण तथा उद्धार तथा अग्नि निवारण सेवाको क्षमता अभिवृद्धिमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Deuja elected as chairman of Airport Rescue and Fire Prevention Association

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत रहेको नेपाल उद्धार तथा अग्नि निवारण संघको १२औं महाधिवेशनले अध्यक्षमा सुरेन्द्र देउजालाई  चुनेको छ ।

उपाध्यक्षमा कृष्ण रायमाझी, महासचिवमा सुरज नगरकोटी, सचिवमा धिरेन्द्र शाही तथा कोषाध्यक्षमा रामपुकार यादव निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय सदस्यहरूमा बिक्रम थपलिया, खुस्बु बस्नेत, निरन्जन परियार, सांकित रेग्मी, सुरज ठकुरी र नरेन्द्रबहादुर मोक्तान निर्वाचित भएका छन् ।

महाधिवेशनले संघको सांगठनिक सुदृढीकरण, कर्मचारी हकहितको संरक्षण तथा उद्धार तथा अग्नि निवारण सेवाको क्षमता अभिवृद्धिमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully