फिदिम शाखामा आयोजित कार्यक्रममा विभिन्न विधामा ऋण लिई असल कारोबार गर्ने ग्राहकलाई सम्मान गरेको हो ।
पाँचथर — राष्ट्रिय वाणिज्य बैंकले असल कारोबार गर्ने ११ जना ग्राहकलाई कदरपत्रसहित सम्मान गरेको छ ।
बैंकको फिदिम शाखाले ६१ औं स्थापना दिवसको सन्दर्भ पारेर फिदिम शाखामा आयोजित कार्यक्रममा विभिन्न विधामा ऋण लिई असल कारोबार गर्ने ग्राहकलाई सम्मान गरेको हो ।
सम्मानित भएकाहरुमा सुनचाँदी कर्जा तर्फबाट माया विश्वकर्मा र निर्मला नेम्वाङ, आङ्बो ब्रोदर्स निर्माण सेवा, लक्ष्मी ट्रेड एण्ड इन्टरप्राइजेज फिदिम, न्यु कालिका स्टोर्स फिदिम, व्यक्तिगत कर्जातर्फ इन्दिरा धौराली, कृषि कर्जातर्फ सुम्निमा कृषि फर्म, बुद्ध कृषि तथा पशुपंक्षी फर्म तथा निक्षेपतर्फ धर्मप्रसाद काफ्ले, शशी लावती र जेनी तुम्रोक छन् ।
उनीहरुलाई पाँचथर उद्योग वाणिज्य संघका महासचिव चन्द्रप्रसाद काफ्ले र बैंकका शाखा प्रबन्धक प्रविन कट्टेलले कदरपत्रमार्फत सम्मान गरे ।
सम्मान ग्रहण गर्दै लक्ष्मी ट्रेड एण्ड इन्टरप्राइजेजका प्रोपाइटर गौरी भण्डारीले बैंकको सेवा सुलभ र सरल भएको भन्दै व्यावसायिक कर्जाको क्षेत्र फराकिलो पार्न सुझाव दिए ।
