सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै ३ लाख नाघ्यो

बिहीबारको तुलनामा आज प्रतितोला सुन ९ हजार २ सय र चाँदी ३२० ले बढेको छ ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Gold price hits new record, crosses 3 lakh rupees per tola

काठमाडौँ — बिहीबारको तुलनामा आज प्रतितोला सुन ९ हजार २ सय र चाँदी ३२० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४ सय र त्यति नै चाँदीको मूल्य ६ हजार १९० कायम भएको छ । 

गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १ सय र त्यति नै चाँदीको ५ हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको २ लाख ८४ हजार ७ सय र त्यति नै चाँदीको ५  हजार ८८० कायम भएको थियो ।

गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८ सय र त्यति नै चाँदी ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन २  लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ८१० मा खरिदबिक्री  भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully