सुनचाँदीको भाउमा सामान्य गिरावट

आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २ सय कायम भएको छ ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मूल्य ५ हजार ८७० कायम भएको छ । 

बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मूल्य ५ हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully