जसअनुसार यही माघ २ मा सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ रहेकोमा बुधबार (माघ सात) दुई लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाडौँ — गएको पाँच दिनमा मात्र सुनको मूल्य प्रतितोलामा १७ हजार ९ सय रुपैयाँले बढेको छ ।
जसअनुसार यही माघ २ मा सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ रहेकोमा बुधबार (माघ सात) दुई लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।
मङ्गलबारको तुलनामा बुधबार स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । जसअनुसार बुधबारमात्र सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्गका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल पााच हजार ९२० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाादीको मोल पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
