सुनचाँदीको मूल्य बढेको बढ्यै, सुन तोलाको २ लाख ८४ हजार ७ सय

चाँदीको मूल्य पनि बढेर ५ हजार ८८० कायम भएको छ । 

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Gold and silver prices have increased significantly, with gold prices reaching Rs. 284,700 per tola.

काठमाडौँ — आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७ सय पुगेको छ । त्यति नै चाँदीको मूल्य ५ हजार ८८० कायम भएको छ । 

गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु ५ हजार ८१० मा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

कान्तिपुर

Link copied successfully