तामाङ समुदायका पर्वतारोहीलाई पर्यटक आतिथ्यता र पर्यटन प्रवर्द्धनबारे अभिमुखीकरण  

पर्यटन व्यवसायी एवम् लुम्बिनी विकास कोषका सल्लाहकार तिलक लामाले पछिल्ला वर्षहरुमा नेपालको पर्वतीय पर्यटनमा तामाङ समुदायको उपस्थिति बढ्दै गएको र हाल देशभरिबाट सय जनाको हाराहारीमा तामाङ समुदायका युवाहरु पर्वतारोही पेसामा आबद्ध रहेको बताए ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Orientation on tourist hospitality and tourism promotion for Tamang mountaineers

What you should know

काठमाडौँ — तामाङ सगरमाथा आरोही संघ नेपाल (टिसान) ले शनिबार बौद्धस्थित पर्वतीय पर्यटनमा तामाङ र आदिवासी जनजाती समुदायको धर्म, संस्कृति र परम्पराको अन्तरसम्बन्ध विषयक एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।

२८६२ औं ता–ल्हो (घोडा वर्ष) तथा सांस्कृतिक महोत्सवको अवसरमा तामाङ समुदायबाट प्रतिनिधित्व गर्ने पर्वतारोहीहरुलाई पर्यटक आतिथ्यता र पर्यटन प्रवर्द्धनबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 'पर्वतारोहण गर्नु वा गाइड गर्नु हाम्रो एउटा पेसा भयो, पेसा गर्दैगर्दा हामी तामाङ समुदायको हिमालप्रतिको आस्था र परम्पराबारे पनि पर्यटकलाई बुझाउन सकौं र रैथाने संस्कार तथा परम्पराको प्रवर्द्धन गर्न योगदान पुगोस् भन्ने हेतुले पर्वतारोही साथीहरुमाझ अभिमुखीकरण कार्यक्रम राखेका हौं,' टिसानकी अध्यक्ष शर्मिला लामा स्याङ्तानले भनिन् । 

कार्यक्रममा पर्यटन व्यवसायी एवम् लुम्बिनी विकास कोषका सल्लाहकार तिलक लामाले पछिल्ला वर्षहरुमा नेपालको पर्वतीय पर्यटनमा तामाङ समुदायको उपस्थिति बढ्दै गएको र हाल देशभरिबाट सय जनाको हाराहारीमा तामाङ समुदायका युवाहरु पर्वतारोही पेसामा आबद्ध रहेको बताए । 

पर्यटन व्यवसायी अम्बर बम्जन तामाङले पर्वतारोहण र हिमालसँगको अध्यामिक, धार्मिक र सांस्कृतिक सम्बन्धबारे प्रस्तुति राखे । सहभागी पर्वतारोहीहरुलाई पूर्वको कञ्चनजंघादेखि मकालु, सगरमाथा, गौरीशंकर, लाङटाङ, गणेश हिमाल क्षेत्र, मनास्लु, अन्नपूर्ण, धौलागिरि हिमाल क्षेत्र, डोल्पो क्षेत्र र पश्चिमको अपि साइपाल क्षेत्रसम्मको हिमशृंखलाको अध्यात्मिक र सांस्कृतिक महत्वबारे अभिमुखीकरण गराएका थिए । 

'विदेशीहरुले हिमाल चढ्न सफल हुनुलाई हिमालमाथिको विजयी ठान्छन्, हामी तामाङ जनजातीले हिमाललाई प्रकृतिको उपहारस्वरुप पुज्छौ, आदर गर्छौ,' उनले भने, 'यसकारण हाम्रो अध्यामिक, धार्मिक र सांस्कृतिक महत्व बुझाउँदै हिमाललाई आदर सम्मान गर्नुपर्छ भनेर पर्यटकलाई बुझाउन सक्यौं भने हिमाल संरक्षणलाई बल पुर्‍याउन सहयोग मिल्नसक्छ ।'

उनले  फर्पिङ, दामन, तेमाल, हेलम्बुलगायत स्थानीय पर्यटकीय स्थलहरु तामाङ सभ्यता र संस्कृतिको महत्त्व रहेको जानकारी गराए । 

राजनीतिज्ञ एवम् तामाङ अध्येता परशुराम तामाङ, बागमती प्रदेश सांसद एवम् पूर्वउपसभामुख राधिका तामाङ र प्रतिनिधिसभाका पूर्वसदस्य छिरिङ ल्हामु लामा तामाङलगायतको उपस्थिति थियो ।

Orientation on tourist hospitality and tourism promotion for Tamang mountaineers

कान्तिपुर

Link copied successfully