अब तीन महिनामै निष्क्रिय कर्जाबाट असल कर्जामा स्तरोन्नति

राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेर नयाँ व्यवस्था गरेको हो ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Now upgrade from non-performing loans to good loans within three months

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा निष्क्रिय वर्गमा रहेको कर्जा सम्पूर्ण बक्यौता (साँवा र ब्याज) भुक्तानी गरेको तीन महिनापछि सिधै असल वर्गमा स्तरोन्नति (परिणत) हुन सक्नेछन् ।

यसअघि साँवा ब्याजलगायत सम्पूर्ण बक्यौता तिरेपछि ६ महिनासम्म सूक्ष्म निगरानी (वाच लिष्ट) वर्गमा परिणत हुने र त्यसपछि मात्र असल वर्गमा स्तरोन्नति हुने व्यवस्था छ । राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेर नयाँ व्यवस्था गरेको हो ।

‘निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरणबाहेक) वर्गीकरण भएका कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता (साँवा र ब्याज) रकम भुक्तानी भई ३ महिनासम्म कर्जा नियमित भएको अवस्थामा जुन वर्ग (कमसल, शंकास्पद र खराब) मा वर्गीकरण भएको छ, सोही वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र स्तरोन्नति हुनेगरी सोहीबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ,’ परिपत्रमा भनिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully