नेप्से १.५२ अंकले बढेर बन्द भयो, कारोबार रकम घट्यो

बुधबार १.५२ अंकले बढेर नेप्से २ हजार ६ सय ४१.४३ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.०५ प्रतिशतले सकारात्मक हो ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

NEPSE closes up 1.52 points, trading volume decreases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार साढे एक अंकले मात्र बढेको छ । मंगलबार ४.९० अंकले बढेर नेप्से २ हजार ६ सय ३९.९१ विन्दुमा बन्द भएको थियो । बुधबार १.५२ अंकले बढेर नेप्से २ हजार ६ सय ४१.४३ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.०५ प्रतिशतले सकारात्मक हो ।

बुधबार कारोबारमा आएकामध्ये १२५ कम्पनीको सेयर मूल्य बढ्यो भने १२४ कम्पनीको मूल्य घट्यो । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या एक धेरै छ । यहीकारण समग्र नेप्से करिब झिनो अंकले बढेको हो ।

यस दिन कुल ७२ हजार ६ सय ७१ पटकको कारोबारमा १ करोड २५ लाख ४ हजार ९ सय ७० कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार करिब ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक सकारात्मक रहे ।

कान्तिपुर संवाददाता

Link copied successfully