माघका लागि बैंकहरूले घटाए ब्याजदर

पछिल्लो महिना बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि ग्राहकको बचतमा प्रत्यक्ष प्रभाव परेको छ, अब ब्याजबाट कम आम्दानी हुनेछ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Banks reduce interest rates for Magh

काठमाडौँ — माघ महिनाका लागि बैंकहरूको निक्षेपको औसत ब्याजदर घटेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वटाले ब्याजदर घटाएका छन्, सात वटाले स्थिर राखेका छन् भने एउटा बैंकले सामान्य वृद्धि गरेको छ।

यद्यपि, माघ महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर भने घटेको छ। यही पुसमा औसत ब्याजदर ४.८५ प्रतिशत थियो भने माघमा यो घटेर ४.७ प्रतिशत कायम भएको छ।

प्राइम कमर्सियल बैंकले माघका लागि निक्षेपको ब्याजदर ४.२५ प्रतिशतबाट बढाएर ४.४ प्रतिशत कायम गरेको छ। वाणिज्य बैंकहरूमध्ये पुस महिनामा एक वर्षे व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ५.५५ प्रतिशत थियो भने माघमा यो घटेर अधिकतम ५.५ प्रतिशत कायम भएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully