आज राष्ट्र बैंक ऋणपत्रमार्फत २५ अर्ब झिकिँदै

यसअघि राष्ट्र बैंकले चारपटक २५/२५ अर्ब, एकपटक २० अर्ब र एकपटक २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरिसकेको छ ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Today, 25 billion rupees are being withdrawn through NRB bonds.

What you should know

काठमाडौँ — नेपाल राष्ट्र र्बैंकले आज ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र ‘छ’ मार्फत बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।

यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । यससँगै राष्ट्र बैंकले ६ वटा ऋणपत्र मार्फत १ खर्ब ३० अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । आज २० अर्ब झिकेपछि यो ऋणपत्रमार्फत राष्ट्र बैंकले १ खर्ब ५५ अर्ब रुपैयाँ संकलन गर्ने छ । आज जारी भएको ऋणपत्र सातौं हो ।

यसअघि राष्ट्र बैंकले चारपटक २५/२५ अर्ब, एकपटक २० अर्ब र एक पटक २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरिसकेको छ ।

बजारमा तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको हो । यो चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि ऋणपत्रको साावा भुक्तानी हुनेछ । ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् ।

लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिने छ । यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न पाइन्छ ।

कान्तिपुर

Link copied successfully