सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै २ लाख ७४ हजार ७ सय

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Gold price hits new record, 274,700 per tola

काठमाडौँ — सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुन तोलामै ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पछिल्लो समय सुनको मूल्यले निरन्तर बढ्दो क्रममा छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

आर्थिक र भुराजनीतिक अस्थिरता, मुद्रास्फीति कम ब्याजदर, सुरक्षित आश्रय खोज्ने लगानीकर्ताहरू र केन्द्रीय बैंकहरूले लगानी विविधीकरण गर्ने संयोजनका कारण सुनको मूल्यमा उतार चढाव भएको जानकारहरु बताउँछन् । औद्योगिक क्षेत्र माग बढ्नु, माग अनुसार आपूर्ती हुन नसक्दा चाँदीको मूल्य बढेको उनीहरुको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully