एभिएसन फुटसल सिजन २ को मस्कट सार्वजनिक

मस्कट सार्वजनिकसँगै प्रतियोगिताको औपचारिक यात्रा सुरु भएको आयोजकले जनाएको छ ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Mascot for Aviation Futsal Season 2 unveiled

काठमाडौँ — नेपालको उड्डयन क्षेत्रलाई लक्षित गर्दै आयोजना हुने ‘एभिएसन फुटसल सिजन-२’ को मस्कट सार्वजनिक गरिएको छ ।

मस्कट सार्वजनिकसँगै प्रतियोगिताको औपचारिक यात्रा सुरु भएको आयोजकले जनाएको छ ।

क्याबिन क्रु, पाइलट तथा ग्राउन्ड ह्यान्डलिङसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्दै आएको उड्डयन प्रशिक्षण संस्था गीता एभिएसन ले खेलकुद र उड्डयन क्षेत्रलाई जोड्ने उद्देश्यसहित आयोजना गर्दै आएको एभिएसन फुटसलको दोस्रो सिजनको सुरुवात मस्कट रिभिलमार्फत गरिएको हो । सार्वजनिक गरिएको मस्कटले प्रतियोगितालाई स्पष्ट पहिचान र थप आकर्षण प्रदान गर्ने विश्वास आयोजकको छ ।

यस सिजनको प्रतियोगितामा बुद्ध एयर, यति एयरलाइन्स, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, हेलि एभरेस्ट, कैलाश हेलिकप्टर, नेपाल सेना (एयर फोर्स), हिमालय एयरलाइन्स तथा नेपाल विमानस्थल उद्धार तथा अग्नि नियन्त्रण संघको सहभागिता रहनेछ ।

Mascot for Aviation Futsal Season 2 unveiled

मस्कट सार्वजनिकपछि कार्यक्रमको निरन्तरतास्वरूप पोखराबाट हट एयर बलुनमार्फत ट्रफी रिभिल गर्ने विशेष योजना रहेको गीता एभिएसनका सञ्चालक पाइलट जनक अधिकारी ले जानकारी दिए। उनका अनुसार नेपालमा यस प्रकारको ट्रफी प्रस्तुति पहिलो पटक हुन लागेको हो।

एभिएसन फुटसलमार्फत उड्डयन क्षेत्रमा कार्यरत पेशेवरहरूबीच खेलकुद भावना, एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उद्देश्य रहेको गीता एभिएसनले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully