विदेशी विनिमय सञ्चितिले २१‍.७ महिनाको वस्तु आयात धान्ने

राष्ट्र बैंकले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाएको छ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Foreign exchange reserves cover 21.7 months of merchandise imports

काठमाडौँ — नेपाल राष्ट्र बैंकले २१.७ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय स‌ञ्चिति रहेको जनाएको छ । राष्ट्र बैंकले पाँच महिनाको मासिक प्रतिवेदन सावर्जनिक गर्दै २१.७ महिनाको वस्तु आयात  धान्न पर्याप्त रहेको जनाएको छ । 

राष्ट्र बैंकले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाएको छ । 'आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय (मुद्रा) सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो ।

२०८२ मंसिरमसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५२.४ प्रतिशत, कुल आयातसँग १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ३९.४ प्रतिशत छन् । २०८२ असारमसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully