गत आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले चालु खाता बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकका अनुसार ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले चालु खाता बचतमा रहेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साढे ३ खर्ब रुपैयाँले चालु खाता बचतमा देखिएको हो ।
गत आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले चालु खाता बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
अमेरिकी डलरमा चालु खाता २ अर्ब ५४ करोड रुपैयाँले बचतमा छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १८ करोड रुपैयाँले बचतमा थियो ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ थियो ।