मुलुकबाट बाहिरिने र मुलुकमा भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा जान्छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रूपैयाँले बचतमा देखिएको छ र जबकी गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रूपैयाँले बचतमा रहेको थियो ।
मुलुकबाट बाहिरिने र मुलुकमा भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा जान्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको मासिक प्रतिवेदन अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ९८ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति बचतमा थियो ।
शोधनान्तर स्थिति बचतमा जाँदा विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव पर्दछ । कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएको छ । साउन-मंसिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको हो ।
राष्ट्र बैंकका अनुसार ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति २२ अर्ब १३ करोड पुगेको हो ।
