नेप्से ४.५९ अंक बढेर बन्द, कारोबार रकम घट्यो  

बिहीबार कारोबारमा आएकामध्ये १२९ कम्पनीको सेयर मूल्य बढ्यो, ११५ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको स्थिर रहयो ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

NEPSE closes up 4.59 points, trading volume decreases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.५९ अंकले बढेर बन्द भएको छ । बुधबार १३.३५ अंकले घटेर नेप्से २ हजार ६ सय ३५.९४ विन्दुमा बन्द भएको थियो ।

बिहीबार ४.५९ अंकले बढेर २ हजार ६ सय ४०.५४ अंकमा उक्लेको हो । अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से ०.१७ प्रतिशतले बढी हो । 

बिहीबार कारोबारमा आएकामध्ये १२९ कम्पनीको सेयर मूल्य बढ्यो, ११५ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको स्थिर रहयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से सामान्य अंकले बढेको हो । 

बिहीबार दिन कुल ६९ हजार २६१ पटकको सेयर कारोबारमा १ करोड ४ लाख ३१ हजार ७ सय ६० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बुधबार सेयर बजारमा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र लघुवित्त वित्तीय संस्थाको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से सामान्य अंकले बढेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully