आज फेरि राष्ट्र बैंकले ऋणपत्रमार्फत २५ अर्ब झिक्दै

गत बुधबार र आइतबार पनि ऋणपत्रमार्फत राष्ट्र बैंकले एक वर्षका लागि २५/२५ अर्ब रुपैयाँ झिकेको थियो ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Today, the National Bank is withdrawing 25 billion through bonds again.

काठमाडौँ — राष्ट्र बैंकले आज पनि एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत उक्त रकम झिक्न लागेको हो ।

१० वर्षपछि राष्ट्र बैंकले गत साता सोमबार पहिलो पटक ऋणपत्र जारी गरेको थियो । त्यसपछि गत बुधबार र आइतबार पनि ऋणपत्रमार्फत एक वर्षका लागि २५/२५ अर्ब रुपैयाँ झिकेको थियो ।

आज फेरि त्यस्तै ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । यस वर्ष जारी भएको यो तेस्रो राष्ट्र बैंक ऋणपत्र हो । यसको परिपक्व अवधि एक वर्ष रहेको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३’ नाम दिइएको उक्त ऋणपत्रमा पुस २२ (आज) २०८२ मध्याह्न २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि २२ पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ ।

लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ ।

ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् ।

कान्तिपुर

Link copied successfully