९.९३ अंकले बढ्यो नेप्से

७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २ सय ९६ रुपैयाँबराबरको कारोबार

पुस २२, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 9.93 points

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ९३ अंकले बढेर २ हजार ६४९ दशमलव ३० को विन्दुमा कायम भएको छ ।

आज ३ सय ३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २ सय ४१ कित्ता सेयर ८८ हजार ३ सय ६२ पटक खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २ सय ९६ रुपैयाँबराबरको कारोबार भएको हो ।

मंगलबार होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै २ दशमलव ८७ प्रतिशतले बढेको छ ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९७ प्रतिशतले बढेको छ । रूरू जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ४१ प्रतिशतले घटेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully