सबै भुक्तानी विद्युतीय माध्यमबाट गर्न बिमा कम्पनीलाई प्राधिकरणको निर्देशन

‘त्यहाँबाट हुने सबै प्रकारको भुक्तानीहरु माघ १ देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्णायनुसार परिपत्र गरिएको छ,’ प्राधिकरणद्वारा जारी निर्देशनमा भनिएको छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

NEA directs insurance companies to make all payments electronically

काठमाडौँ — सञ्चालनमा रहेका बिमा कम्पनीहरुले आउँदो १ माघदेखि सबै प्रकारका भुक्तानी विद्युतीय माध्यम (बैंकिङ प्रणाली)बाट  गर्नुपर्ने भएको छ । बिमा प्राधिकरणले मंगलबार परिपत्र जारी गरेर सबै बिमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो ।

‘त्यहाँबाट हुने सबै प्रकारको भुक्तानीहरु माघ १ देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्णायनुसार परिपत्र गरिएको छ,’ प्राधिकरणद्वारा जारी निर्देशनमा भनिएको छ । 

हाल नेपालमा जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघुबिमा कम्पनी, पुनर्बीमा कम्पनी र बिमा दलालहरू सञ्चालनमा छन् । उल्लिखित निर्देशन सबै कम्पनीहरुका लागि हो ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०८२ मा बिमकले बीमालेखअन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका सर्त वा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गरेकाले प्राधिकरणमार्फत उक्त निर्देशन जारी भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully