सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग 

२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Siddhartha Premier Insurance contributes Rs. 10.1 million to the Physical Reconstruction Fund

काठमाडौँ — सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

सहयोग रकमबराबरको चेक सोमबार कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

भौतिक पुनर्निर्माण कोषमा योगदान गरेकोमा सरकारका तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यावाद दिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully