२८.७३ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

सागर डिस्टलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ट्रीज, बन्दिपुर केबलकार एन्ड टुरिजम र रूरू जलविद्युत् परियोजनाको सेयर मूल्य एकैपटक १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 28.73 points, turnover of Rs 6.5 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २८.७३ अंकले बढेको छ । एक दशमलव १० प्रतिशतले बढेर समग्र नेप्से २६ सय ३९ दशमलव ३७ विन्दुमा उक्लिएको छ । 

कुल २१४ कम्पनीको सेयर मूल्य बढ्यो, ३७ कम्पनीको मूल्य स्थिर रह्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

नेप्सेका अनुसार कुल ८४ हजार ९९० पटकको सेयर किनबेचमा १  करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।  

कारोबारमा आएका १३ वटै उपसमूहहरुको सेयर मूल्य बढेका छन् । 

सागर डिस्टलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ट्रीज, बन्दिपुर केबलकार  एन्ड टुरिजम र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य एकैपटक १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । 

कान्तिपुर

Link copied successfully