सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय कायम भएको छ ।
काठमाडौँ — केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मूल्य केही बढेको छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५ सय र त्यति नै चाँदीको मूल्य ४ हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
