साताको अन्तिम कारोबार दिन १२.८३ अंकले घट्यो नेप्से

कुल ६३ कम्पनीको सेयर मूल्य बढ्यो, १८९ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

NEPSE drops 12.83 points on last trading day of the week

काठमाडौँ — साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक १२.८३ अंकले घटेको छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ४८ प्रतिशतले नेप्से घटेको हो । बुधबार १०.८७ अंकले बढेको थियो ।

कुल ६३ कम्पनीको सेयर मूल्य बढ्यो, १८९ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक बाँकी उपसमूह घट्यो । 

विकास बैंक २५.९४, जीवन बिमा १०१.७८  अं‌कले घट्यो । अन्य उपसमूह शून्य दशमलव २७ अंकले बढ्यो ।

कुल ६४ हजार ४०७ पटकको सेयर किनबेचमा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भए । 

कान्तिपुर

Link copied successfully