घट्यो सुनचाँदीको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय तोकिएको छ ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Gold and silver prices have decreased.

काठमाडौँ — सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार र त्यति नै चाँदीको ४ हजार ४७० मा कारोबार भएको थियो । 

कान्तिपुर

Link copied successfully