निजी क्षेत्रलाई नकारात्मक दृष्टिले हेर्ने मानसिकता बदल्नुपर्छ : सीके राउत

'हामी धनीलाई नराम्रो सोच्ने मानसिकतामा हुर्कियौं । धनी भएका मान्छे यो देश लुटेर हो भन्ने भाष्य बनाइएको छ,' उनले भने, 'यसलाई परिवर्तन गर्न कसैले गम्भीर रूपमा काम गरेन'

पुस १६, २०८२

कान्तिपुर संवाददाता

The mindset of looking at the private sector negatively should be changed: CK Raut

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाली समाजमा धनीलाई नकारात्मक रूपमा हेर्ने मानसिकता गहिरो रूपमा विकास भएको टिप्पणी गरेका छन् ।

उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै उनले धनी व्यक्ति देश लुटेर बनेका हुन् र निजी क्षेत्र देश लुट्न आएको हो भन्ने धारणा समाजमा व्याप्त रहेको बताए । 

'हामी धनीलाई नराम्रो सोच्ने मानसिकतामा हुर्कियौं । धनी भएका मान्छे यो देश लुटेर हो भन्ने भाष्य बनाइएको छ,' उनले भने, 'यसलाई परिवर्तन गर्न कसैले गम्भीर रूपमा काम गरेन'

सीके राउतले नेपालमा आधारभूत केही विषयमा नै कमजोरी र त्रुटि रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई संरक्षण गर्ने स्पष्ट राजनीतिक दर्शन बोकेको शक्ति सत्तामा पुग्न आवश्यक रहेको बताए । 'निजी क्षेत्रलाई संरक्षण गर्ने राजनीतिक दर्शन गर्ने शक्ति सत्तामा पुग्नुपर्छ,' उनले भने, 'आवश्यक परे निजी क्षेत्रमैत्री राजनीतिक विचारसहित नयाँ राजनीतिक दल खोलेर भए पनि अघि बढ्नु पर्छ ।'

कान्तिपुर

Link copied successfully