मुलुकको संविधानले अर्थतन्त्र तीन खम्बामध्ये निजी क्षेत्र एक रहे पनि व्यवहारमा निजी क्षेत्रले उक्त सम्मान पाउन नसकेको उनले बताए ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहालले निजी क्षेत्रलाई हेर्ने राज्यको सोच निकै संर्कीण रहेको र त्यसलाई बदल्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आज काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा पूर्वप्रधानमन्त्री दाहालले बोलीमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेको बताए पनि व्यवहारमा त्यसो नदेखिएको उनको भनाइ थियो ।
मुलुकको संविधानले अर्थतन्त्र तीन खम्बामध्ये निजी क्षेत्र एक रहे पनि व्यवहारमा निजी क्षेत्रले उक्त सम्मान पाउन नसकेको उनले बताए ।