नेप्से परिसूचक १० अंकले बढ्यो

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको १७ करोड ७९ लाख ३ हजार ४ सय १३ बराबरको ३ लाख ४९ हजार ७ सय ४४ कित्ता सेयर किनबेच भएको छ ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

NEPSE index rises by 10 points

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अंकले बढेर दुई हजार ६३३ दशमलव ७६ को विन्दुमा कायम भएको छ ।

आज ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३ सय ३३ कित्ता सेयर ६३ हजार ९ सय ८१ पटक खरिद बिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबर रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १ दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको १७ करोड ७९ लाख ३ हजार ४ सय १३ बराबरको ३ लाख ४९ हजार ७ सय ४४ कित्ता सेयर किनबेच भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully