आज पनि घट्यो सुनचाँदीको भाउ

बुधबार सुनको भाउ प्रतितोला २ लाख ६१ हजार रुपैयाँ

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Gold and silver prices fell today as well

काठमाडौँ — सुनको भाउ बुधबार पनि घटेको छ । मंगलबार एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार भने हजार १ सय १ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ लाख ६१ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला १ सय २० रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ तोलाको ४ हजार ५ सय ७० रुपैयाँ तोकिएको छ। 

कान्तिपुर

Link copied successfully