आज पनि राष्ट्र बैंकले ऋणपत्रमार्फत २५ अर्ब झिक्दै

यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Even today, the National Bank is withdrawing 25 billion through bonds.

काठमाडौँ — आज पनि राष्ट्र बैंकले एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत आज (मंगलबार) राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको हो । 

दश वर्षपछि राष्ट्र गत सोमबार राष्ट्र बैंकले पहिलो पटक ऋणपत्र मार्फत २५ अर्ब रुपैयाँ झिकेको थियो । आज फेरी सोही ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंक ऋणपत्र एक वर्ष वा बढी समयावधिका लागि बजारबाट पैसा झिक्दा उपयोगमा ल्याइने उपकरण हो ।

'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ नाम दिइएको उक्त ऋणपत्रमा पुस १६ (आज) २०८२ मध्याह्न २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि १६ पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ ।

लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिने छ ।

यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ ।

ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् ।

कान्तिपुर

Link copied successfully