काठमाडौंमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले गल्ती गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने बताएका हुन् ।
काठमाडौँ — गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा कानुन विपरीत काम गर्ने जोकेहीलाई पनि कारबाही गर्नुपर्ने पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा पूर्वअर्थमन्त्री महतले गल्ती गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने बताएका हुन् ।
पछिल्लो जेन–जी आन्दोलनकै कारण निजी क्षेत्रसँगै आम समाजकै मनोबल खस्किएकाले त्यसलाई माथि उठाउन उनले सरकारलाई आग्रह गरे ।
लगानी वातावरण नभए थप लगानी नहुने र थप लगानी नहुँदा उत्पादन र रोजगारी सृजना नहुने भएकाले त्यसतर्फ विद्यमान सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
