सुनको भाउ तोलाको २ लाख ६२ हजार १ सय पुगेको छ
काठमाडौँ — सुनको भाउ एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार रेकर्ड बनाइरहेको चाँदीको भाउ पनि मंगलबार घटेको छ ।
सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ ३ सय ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ५ सय ९० तोकिएको छ ।
