आजको कारोबारमा विकास बैंक र म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक घटेको छ ।
काठमाडौँ — यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।
आज ३३७ कम्पनीको १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर ६९ हजार ५ सय ४८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक र म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक घटेको छ ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा बढी २३ करोड २ लाख ४१ हजार ९ सय ३६ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ३ लाख २ हजार ९ सय कित्ता सेयर किनबेच भएको छ ।
