सामान्य अंकले बढ्यो नेप्से

कुल ९२ हजार ४४७ पटकको सेयर किनबेचबाट ३ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by a modest percentage point

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । मंगलबार नेप्से एक दशमलव शून्य दुई अंकले बढेको छ ।

सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ ।

पछिल्ला तीन कारोबार दिनयता नेप्से निरन्तर घटिरहेको थियो । गत बिहीबार १०.६६, आइतबार १९.९२ र सोमबार १३.८८ अंकले घटेको थियो ।

कुल १२९ कम्पनीको सेयर मूल्य बढ्यो, १२० कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कुल ९२ हजार ४४७ पटकको सेयर किनबेचबाट ३ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

विकास बैंक, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष, निर्जीवन बिमा र व्यापार उपसमूह घट्यो । बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधनलगायत उपसमूह बढ्यो ।

कान्तिपुर

Link copied successfully