रिलायन्सको आईपीओमा पहिलो दिन साढे ४६ लाख कित्ताको आवेदन

रिलायन्स स्पिनिङ मिल्सले सोमबारदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर निष्कासन खुला गरेको छ ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Reliance IPO receives 4.6 million shares on first day

What you should know

काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्सले जारी गरेको प्राथमिक सेयर निष्कासन(आईपीओ) मा सर्वसाधारणले सोमबारमात्र करिब साढे ४६ लाख कित्ताका लागि आवेदन परेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर निष्कासन खुला गरेको छ ।

यसमा पहिलो दिन, सोमबार ४ बजेसम्म ८७ हजार ४ सय ८३ आवेदकबाट ४६ लाख ५० हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘आवेदकबाट ३ अर्ब ८१ करोड ७२ लाख ६९ हजार ९३६ रुपैयाँ जम्मा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसअघि वैदेशिक रोजगारी र म्युचुअल फन्डतर्फ १७ गुणा बढी आवेदन परेको थियो ।’

कम्पनीले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरेको छ ।

बुक विल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयरयोग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम–सर्वसाधारणका लागि खुलेको हो ।

कम्पनीद्वारा निष्कासित आईपीओको सबैभन्दा ठूलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन अवधि पुस ७ देखि ११ सम्म तोकिएको कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully