कुल ५४ कम्पनीको सेयर मूल्य बढ्यो, २०० कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १३.८८ अंकले घटेको छ । आइतबारको तुलनामा सोमबार शून्य दशमलव ५३ प्रतिशतले घटेर समग्र नेप्से २५ सय ८१ दशमलव २१ विन्दुमा ओर्लिएको छ । आइतबार नेप्से १९.९२ अंकले घटेको थियो ।
कुल ५४ कम्पनीको सेयर मूल्य बढ्यो, २०० कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ६५ हजार ३१२ पटकको कारोबारमा ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच भए ।
कारोबारमा आएका व्यापारबाहेक सबै उपसमूहहरु घट्यो । व्यापार उपसमूह २१.६४ अंकले बढेको छ । जीवन बिमा १३२.३९, होटल तथा पर्यटन ८६.९६ अंकले घटेको छ ।
