चाँदी तोलाकै ४ हजार १ सय ५ रूपैयाँ पुग्यो

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्दा चाँदीको १ सय रूपैयाँले बढेको छ ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Silver reaches Rs 4,105 per tola

काठमाडौँ — सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्दा चाँदीको १ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य १ सय  रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ५ रुपैयाँमा कारोबार भइहेको चाँदि आइतबार प्रतितोला ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully