सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो 

सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Gold price drops by Rs 2,000 per tola

काठमाडौँ — सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । साताको अन्तिम दिन सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४  सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेको छ । बिहीबार ४ हजार ८० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार ५ रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully