चार महिनामा साढे २ अर्ब रुपैयाँ विदेशी लगानी भित्रियो 

राष्ट्र बैंकका अनुसार कात्तिकमा मात्रै ७५ करोड १२ लाख रुपैयाँ लगानी भित्रिएको छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Foreign investment inflows reach 2.5 billion rupees in four months

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा साढे २ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार कात्तिकमा मात्रै ७५ करोड १२ लाख रुपैयाँ लगानी भित्रिएको छ । जबकी उक्त महिनामा १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांक छ । 

चालु आर्थिक वर्षमा सबैभन्दा बढी लगानी प्रतिवद्धता साउनमा र भित्रिने रकम कात्तिकमा बढी रहेको तथ्यांकले देखाउँछ । साउनमा २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आउँदा ६९ करोड १५ लाख रुपैयाँ मात्रै भित्रिएको छ । भदौमा ८ अर्ब ९८ करोड ७० लाख रुपैयाँ प्रतिवद्धता हुँदा ५८ करोड १९ लाख रुपैयाँ भित्रिएको छ । 

असोजमा २ अर्ब ४ करोड ५७ लाख र कात्तिकमा १ अर्ब ५४ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आउँदा क्रमश ४६ करोड ७४ लाख र ७५ करोड १२ लाख रुपैयाँ लगानी भित्रिएको छ । 

कान्तिपुर

Link copied successfully