सुनचाँदीको मूल्य बढेकोबढ्यै

आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

The price of gold and silver has increased significantly.

काठमाडौँ — सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

कान्तिपुर

Link copied successfully