नेप्से वृद्धिले पायो निरन्तरता, १८.३७ अंकको वृद्धि

कारोबारमा आएकामध्ये १८७ कम्पनीको सेयर मूल्य बढ्यो, ६१ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

NEPSE's growth continues, up 18.37 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १८.३७ अंकले बढेको छ । शून्य दशमलव ७० प्रतिशतको वृद्धिपछि समग्र नेप्से २६ सय १९ दशमलव ९९ विन्दुमा उक्लिएको छ । सोमबार नेप्से ६.७४ विन्दुले बढेको थियो । 

कारोबारमा आएका मध्ये १८७ कम्पनीको सेयर मूल्य बढ्यो, ६१ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । व्यापारबाहेक सबै उपसमूहहरु बढ्यो । व्यापार शून्य दशमलव ५२ अंकले घट्यो । होटल तथा पर्यटन १०३.१३, निर्जीवन बिमा ९६.८७, जीवन बिमा ९२.०७, विकास र्बैंक ८३.९१ अंकले बढ्यो । 

कुल ५५ हजार ७८ पटकको सेयर किनबेचमा ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच भए । नेप्से परिसूचक बढे पनि सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम घटेको छ । सोमबार ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको कारोबार भएकामा मंगलबार ३ अर्ब २९ करोढ ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

स्वस्तिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । नारायणी विकास बैंकको ९.९९, एसवाई प्यानल नेपालको ९.९८, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ७.०४ र लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशतले सेयर मूल्य बढ्यो । 

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको ४.१६, लक्ष्मी बैंक डिबेञ्चर (२०८६) को २.८०, निफ्रा ग्रिन इनर्जी डिबेञ्चर (२०८८र८९) को २.८०,  बोटलर्स नेपाल (बालाजु) को २ र सिभिल बैंक डिबेञ्चर (२०८८) को १.९९ प्रतिशतले सेयर मूल्य घट्यो ।

कान्तिपुर

Link copied successfully