तीन दिन लगातार घटेको नेप्से ६.७४ अंकले बढ्यो

सोमबार कुल ५६ हजार १ सय २२ पटकको सेयर कारोबारमा ७७ लाख ५७ हजार ६ सय २५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Nepse rises by 6.74 points after falling for three consecutive days

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ६.७४ अंकले बढेको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से सोमबार पौने ७ अंकले बढेको हो । आइतबारको तुलनामा ०.२५ प्रतिशतले बढेपछि आज समग्र नेप्से २ हजार ६ सय १.६१ विन्दुमा उक्लेको छ ।

सो दिन कारोबारमा आएकामध्ये १५५ कम्पनीको सेयर मूल्य बढ्यो, ९४ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से बढेको हो । 

सोमबार कुल ५६ हजार १ सय २२ पटकको सेयर कारोबारमा ७७ लाख ५७ हजार ६ सय २५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । आइतबार सेयर बजारमा ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये  होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से पौने ७ अंकले बढेको हो ।

कान्तिपुर

Link copied successfully