सुन मूल्य तोलाकै २ लाख ६० हजार रूपैयाँ पुग्यो

एकै दिन सुनको मूल्य तोलामा १९ सय रूपैयाँले वृद्धि भएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Gold price reaches Rs. 260,000 per tola

काठमाडौँ — सुनको मूल्य हालसम्म कै उच्च कायम भएको  छ । स्थानीय बजारमा सुन प्रतितोला २ लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन सुनको मूल्य १९ सय रूपैयाँले वृद्धि भएको छ ।

सोमबार सुनको मूल्य २ लाख ६० हजार ७ रूपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलाको ३ हजार ८७० रूपैयाँ पुगेको छ । आईतबार चाँदी प्रतितोला ३ हजार ८२५ रूपैयाँमा कारोबार भएको थियो  ।

कान्तिपुर

Link copied successfully