विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब नाघ्यो

गत असारको तुलनामा यो १४.१ प्रतिशतले बढेको हो । 

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Foreign exchange reserves exceed 3.5 trillion

काठमाडौँ — गत कात्तिकसम्म मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १४.१ प्रतिशतले बढेको हो । 

गत असारमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully