आइतबार शून्य दशमलव ४७ प्रतिशतले घटेर नेप्से २५ सय ९४ दशमलव ८७ विन्दुमा ओर्लिएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १२.५० अंकले घटेको छ । शून्य दशमलव ४७ प्रतिशतले घटेर नेप्से २५ सय ९४ दशमलव ८७ विन्दुमा ओर्लिएको छ । कुल १४ कारोबार दिनपछि नेप्से फेरि २५ सय विन्दुमा पुगेको छ । यसअघि मंसिर ४ मा २५६०.२९ विन्दुमा बन्द भएको थियो ।
कुल ५६ कम्पनीको सेयर मूल्य बढ्यो, १९७ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ६० हजार ६९९ पटकको सेयर किनबेचमा ४ अर्ब ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार कुल १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर किनबेच भए ।
बैंकिङ उपसमूह शून्य दशमलव ११ अंक र सामूहिक लगानी कोष शून्य दशमलव १० अंकले बढ्यो भने बाँकी सबै उपसमूहहरु घट्यो । जीवन बिमा सबैभन्दा बढी ११५.६५ अंकले घट्यो ।
स्वस्तिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । सिटी होटलको मूल्य ६.२६ प्रतिशतले घट्यो ।
