सुनको मूल्य निरन्तर उकालोतिर

आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ निर्धारण भएको छ ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Gold prices continue to rise

काठमाडौँ — गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार २ ०० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार  ८२५ निर्धारण भएको छ । 

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

कान्तिपुर

Link copied successfully