गत साता ४ करोड ७ लाख ८० हजार कित्ता सेयर किनबेचमा २० अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
What you should know
काठमाडौँ — गत साता नेप्से परिसूचक २३.८० अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशतको गिरावटपछि २६ सय ७ दशमलव ३७ विन्दुमा ओर्लिएको छ । गत साता ५४ कम्पनीको सेयर मूल्य बढ्यो भने २०४ कम्पनीको घट्यो ।
सातामा पाँच दिन कारोबार हुँदा नेप्से एक दिन मात्रै बढ्यो भने बाँकी दिन घट्यो । नेप्से आइतबार २१.४८, सोमबार ३.०२, बुधबार ५.०३ र बिहीबार १.६६ अंकले घट्यो भने मंगलबार मात्रै ७.३९ अंकले नेप्से बढ्यो । गत साता ४ करोड ७ लाख ८० हजार कित्ता सेयर किनबेचमा २० अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन २.३९ र जीवन बिमा शून्य दशमलव ६९ प्रतिशतले बढ्यो । फाइनान्स २.५६, लघुवित्त १.६१, निर्जीवन बिमा १.५७, लगानी १.५२, बैंकिङ १.३१, जलविद्युत् १.३०, विकास बैंक १.२४, होटल तथा पर्यटन १.१८, अन्य शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।
स्वस्तिक लघुवित्तको ६१.०३, श्रीनगर एग्रिटेकको ३६.१९, एसवाई प्यान नेपालको २०.९५, अपर स्याङ्जेको १४.९६, झापा इनर्जीको १३.७०, माथिल्लो मैलुन खोला जलविद्युत्को ८.१८, मन्जुश्री फाइनान्सको ६.२१, थ्री स्टार हाइड्रोको ५.९१, मोलुङ हाइड्रोपावरको ५.७५, मकर जितुमाया सुरी हाइड्रोपावरको ५.६७ प्रतिशतले सेयर मूल्य बढ्यो ।
माबिलुङ इनर्जीको १०.८७, हिम स्टार ऊर्जाको ९.७१, मिथिला लघुवित्तको ८.६१, रिभर फल्स पावरको ८.१८, सागर डिस्टिलरीको ७.९८, सान्भी इनर्जीको ७.९८, बुंगल हाइड्रोको ७.९०, इन्फिनिटी लघुवित्तको ७.७६, बन्दीपुर केबलकार एन्ड टुरिजमको ७.२१ र ट्रेड टावरको ६.८९ प्रतिशतले सेयर मूल्य घट्यो ।
ङादी ग्रुप पावरको १ अर्ब ५६ करोड ३६ लाख, सागर डिस्टिलरीको ९३ करोढ ९१ लाख, श्रीनगर एग्रिटेकको ४२ करोड ६० लाख, बन्दीपुर केबलकार एन्ड टुरिजमको ४१ करोड ६९ लाख, हिमालयन रिइन्स्योरेन्सको ४० करोड १२ लाख, युनिभर्सल पावर कम्पनीको ३७ करोड ८१ लाख, शिवम् सिमेन्टको ३५ करोड ७७ लाख, राधी विद्युत् कम्पनीको ३३ करोड ७९ लाख, नेपाल रिइन्स्योरेन्सको ३० करोड ५७ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोड ३५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
साताभर नेप्से दोहोरो अंकको गिरावटपछि सेयर बजारको आकार ३९ अर्ब ९७ करोड २२ लाखले घटेको छ । अघिल्लो बिहीबार ४४ खर्ब १७ अर्ब ८० करोड ४५ लाख रहेको कुल बजार पुँजीकरण यो बिहीबार ४३ खर्ब ७७ अर्ब ८३ करोड २३ लाखमा कायम भएको छ ।
