शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय निर्धारण भएको थियो ।
काठमाडौँ — गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा २ हजार २ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८ सय कायम भएको छ भने एक तोला चाँदीको मूल्य ३ हजार ८२५ निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ९०५ मा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार २९९ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
