नारायणीमा पुल निर्माण समय तालिका अनुसार सक्न मन्त्री घिसिङको निर्देशन 

मन्त्री घिसिङले ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गरी नमुना परियोजनाका रुपमा उदाहरण बनेर देखाउन आग्रह गरे।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Minister Ghisingh directs to complete bridge construction in Narayani as per schedule

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको 'सिग्नेचर ब्रीज'को निरीक्षण गरेका छन्।

मन्त्री घिसिङले ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गरी नमुना परियोजनाका रुपमा उदाहरण बनेर देखाउन आग्रह गरे।

४ सय २० मिटर लम्बाइ रहेको उक्त पुल  १ अर्ब ६९ करोड लागतमा रहेको र पुलको मुख्य निर्माण सुरु गर्नु अगाडिका कामहरु भैरहेको छ । पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य छ । पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

पुलको मुख्य विशेषताको रुपमा दुई ठुला पाइलोन कन्क्रिट टावरमा स्टे-केवलबाट पुल सडकलाइ सपोर्ट गर्ने सिस्टम रहेको छ। यसैगरी नारायणी तटबन्दको बिषयमा पनि मन्त्री घिसिङले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग जानकारी लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully